
हेटौंडा –१० बसपार्क पिपलबोटमा टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्त्रगत कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा प्र ०३–००५ प ३५११ नबरको को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र २–०३–००१ ख ६८५४ नंबरको टिफरले ठक्कर दिँदा स्कुटर चालक जिल्ला हेटौडा –११ थानाभर्याङ बस्ने ५५ वर्षिय भिम बहादुर बिडारीको उपचारका क्रममा मृत्यु भएको हो ।
टिफरको ठक्करबाट घाइते भएका बिडारीको हेटौंडाको चुरेहिल अस्पताल हुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले शनिबारनै नियन्त्रणमा लिएको जनाइएको छ।


सेयर गर्नुहोस्