हेटौडा। गायक तथा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरमा आत्मसमर्पण गरेका हुन् । ओडलाई उनकै श्रीमतीले चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिईन् । त्यसपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्