
हेटौडा। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर महानगरपालिका(२० दद्रेनी नजिकै बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुल बसमा आगजनी भएको हो । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको उक्त बसमा अज्ञात समूहले आगजनी गरेको हो । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल छर्किएर आगो लगाएको र बस आगलागीमा परेर जलेर पूर्ण रूपमा नष्ट भएको चितवन प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्