हेटौडा । वर्षायामको सुरुवातसँगै देशभर डेंगु संक्रमणको दर बढ्दै गएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती पछि कोशी प्रदेशमा धेरै सङ्क्रमित छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार, देशभर पछिल्लो चार दिनमा ६१ जना नयाँ डेंगु संक्रमित थपिएका छन्। हालसम्म देशका ७७ मध्ये ७३ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । जनवरीयता कुल १५ सय ४४ जनामा डेंगु संक्रमण देखिएको छ
सेयर गर्नुहोस्