भूकम्पबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्छ:दीपक प्रसाद देवकोटा

हेटौंडा टुडे
२ माघ २०८१, बुधबार ११:१८

हेटौंडा। बागमती  प्रदेश प्रमुख देवकोटाले बुधबार २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । जारी सन्देशमा भुकम्पीय सचेतनामा वृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका छन् ।   प्रमुख दीपक प्रसाद देवकोटाले भूकम्पबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्ने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले वि.स.२०७२ को बिनाशकारी भुकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भुकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउनुपर्ने बताएका हुन् ।

वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । भुकम्पी सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ ।

यस दिन विभिन्न चेतना र सावधानीमूलक कार्यक्रमको आयोजना गरिन्छ । यो वर्षको भुकम्प सुरक्षा दिवस ‘भुकम्पले सिकाएको पाठस् बलिया संरचना र सुदृढ पुर्वतयारीका साथ’ नाराका साथ मनाइदैछ । भुकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानि, पुर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ , भनेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*