जाडोमा उनीको कपडा लगाएर सुत्नु हुन्छ ? सचेत रहनु होस, यस्तो छ हानिकारिक कुरा

हेटौंडा टुडे
२ माघ २०८१, बुधबार १२:४०

जाडोमा मानिसहरु चिसोबाट बच्नका लागि ऊनी  वा न्यानो कपडा  लगाएर सुत्ने गर्दछन । धेरै  जसो मानिसहरु  अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्ने पनि गर्दछन कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ।

तर के तपाईलाई थाहा छ यो स्वास्थ्यका लागि कति हानिकारक हुन सक्छ ? यसले धेरै स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ। वास्तवमा, ऊनी लुगा बाक्लो र तातो  हुने हुनाले यी लगाएर सुत्दा आराम मिल्दैन र हाम्रो निद्रामा गडबड हुन सक्छ। यस बाहेक अरु धेरै कारणहरु छन् ।आज हामि त्यसै  बारेमा कुरा गर्नेछौँ ।

ऊनमा राम्रो थर्मल इन्सुलेशन  हुन्छ , जसले न्यानोपन दिन्छ। यसले हावालाई यसको फाइबरको बीचमा जान दिँदैन। जसका कारण शरीरमा उत्पन्न हुने गर्मी बाहिर निस्कदैन र चिसो पनि लाग्दैन ।

तर, ऊनी लुगा लगाएर सुत्दा शरीरमा अत्यधिक गर्मी उत्पन्न हुन्छ । यसले पसिना आउन सक्छ, जसले अनिद्रा र छालाको संक्रमण निम्त्याउन सक्छ। ऊनी लुगा लगाएर सुत्दा धेरै साइड इफेक्ट हुन सक्छ। यसले अत्यधिक तातो  हुन्छ र पसिनाले छालामा दाग, चिलाउने ,एलर्जी,  रातभर छटपट हुने, तातोका कारण शरीर धेरै पोल्ने, निन्दा नलाग्ने जस्ता समस्याहरु हुन सक्छ। विशेष गरी छालाको एलर्जी भएका व्यक्तिहरूले पक्कै पनि यसबाट बच्नुपर्छ। यसैगरी, बच्चाहरुलाइ उनीको कपडा लगाएर सुताउनु हुदैन सचेत रहनु होस ।

न्यानो कपडाले अक्सिजन अवरुद्ध गर्छ, जसले सुत्दा निसास्सना, घबराहट वा असुविधा  हुन्छ । यसबाहेक ऊनी कपडाले शरीरको तापलाई बाहिर जानबाट रोक्छ, जुन उच्च रक्तचाप र हृदय रोगका बिरामीका लागि पनि खतरनाक हुन सक्छ।

यसैगरी, राति मोजा लगाएर सुत्नु हानिकारक हुन्छ । यसो गर्नाले हाम्रो खुट्टाको रक्तसञ्चार कम हुन सक्छ, जसका कारण खुट्टामा झनझन महसुस हुन सक्छ। यस बाहेक मोजाको तातोले अत्यधिक तातो हुन्छ , जसले घबराहट वा बेचैनी   हुने गर्दछ ।  कोही कोही रातमा दिनभर लगाएको मोजा लगाएर सुत्छन्। यसले खुट्टामा संक्रमणको जोखिम बढाउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*