यस्ता छन अदुवाका फाइदा

हेटौंडा टुडे
१४ माघ २०८१, सोमबार १३:४०

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । जाडोमा, शारीरिक गतिविधि कम हुने र धमनीहरू साँघुरिने कारणले गर्दा, रक्तचाप बढ्न थाल्छ ।  उच्च रक्तचापका बिरामीहरूका लागि अदुवा खानु धेरै लाभदायक र प्राकृतिक आहार हो। अदुवा खानाले रक्तचाप नियन्त्रण मात्र गर्दैन, यसले अन्य धेरै रोगहरू पनि निको पार्न सक्छ। जाडोमा अदुवालाई आफ्नो आहारको हिस्सा बनाउनुहोस्। स्वास्थ्य विज्ञहरूका अनुसार अदुवाले रक्तचाप सामान्य राख्न मद्दत गर्छ।

त्यसैगरी यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खानु धेरै राम्रो हुन्छ । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।   यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ । छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ । बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।

अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ । त्यसैगरी अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।  विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।

अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*