
विधयेकमा सामाजिक सञ्जालमा ट्रोल गर्नेविरुद्ध ५ लाखसम्म जरिवाना लगायतका सजायका विषयबस्तु समेटिएका छन्। त्यसैगरी सरकारले कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई समेत तीन वर्षसम्म कैद सजाय गर्ने बनाएको छ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसैको आइडी तथा सूचना ह्याक गर्न नहुने उल्लेख छ।
सामाजिक सञ्जालसम्बन्धी विधयेक राष्ट्रिय सभामा दर्ता भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त विधयेक दर्ता गरेका हुन्।


सेयर गर्नुहोस्