बाझोपन सम्बन्धि समस्याका लागि हेटौंडामा एक दिने शिविर हुने

हेटौंडा टुडे
१६ माघ २०८१, बुधबार ११:०७

हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ।  हेटौंडामा रहेको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा निशुल्क परिक्षण गर्न लागेको जनाएको छ । यही माघ १९ गते हेटौंडामा निसन्तान (बाझोपन)को समस्या रहेको दम्पतीको एक दिने शिविरको आयोजना गर्दै निःशुल्क परिक्षण गरिने भएको हो।सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा उक्त शिविर हुन लागेको हो ।

जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निशन्तानको समस्याले बिकरालरुप लिइरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा नि:शुल्क परामर्श र परिक्षण कार्य अघि सारिएको संस्थाका अध्यक्ष विशालराज महतले बताएका छन् ।हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिने छ ।उक्त शिविर बिहान ९ बजेदेखि ५ बजेसम्म हुने जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*