त्रिशूलीमा बुलेट बाइक दुर्घटना, ६ जना बेपत्ता

हेटौंडा टुडे
२ फाल्गुन २०८१, शुक्रबार १६:३४

हेटौडा । मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजीमा ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको छ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ स् ५५ बजे दुर्घटना हुँदा चालक बेपत्ता भएका थिए । दुर्घटनास्थलमा लमजुङको साबिक चन्दरेश्वर गाविस– ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नाम उल्लेख भएका कागजात भेटिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित नम्बर ३ पुलबाट त्रिशूली नदीमा मोटरसाइकल दुर्घटनामा बेपत्ता व्यक्ति राना नै रहेको प्रहरीको अनुमान छ ।भारतीय सेनामा कार्यरत रानाले बोकेको पर्स, केही कागजात, लुगा तथा जुत्ता घटनास्थलमा भेटिएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*