मकवानपुरमा एक ब्यक्ति मृत भेटिए

हेटौंडा टुडे
२०८१ फाल्गुन १६, शुक्रबार १२:१६ गते

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपलिकाका एकजना ब्यक्ति मृत भेटिएका छन् ।

मृतकको पहिचान ३६ वर्षीय श्याम नेसुरको रूपमा खुलेको छ। फागुन १४ गते राति करिब ९ बजे उनी घरबाट हिँडेका थिए। परिवारले खोजी गर्दा फागुन १५ गते बिहान करिब ८:३० बजे उनको शव घरबाट करिब २ किलोमिटर पूर्वतर्फ बागमती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म मृत्युको कारण खुलेको छैन भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*