यस वर्षको प्रिमनसुन सुरु

हेटौंडा टुडे
२०८१ फाल्गुन १८, आईतवार १५:०५ गते

हेटौंडा । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   प्रि–मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । तीन महिने प्रि– मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने गर्दछ। मौसमविद् समिर श्रेष्ठका अनुसार “जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रिमनसुन सुरु भएको हो”, उनले भने । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएका छन।

प्रिमनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने औँल्याएको छ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रिमनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ । पहाडी भेगमा प्रिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*