तीन दिनदेखि लगातार बढ्दै सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२०८१ फाल्गुन २२, बिहीबार ११:०४ गते

 हेटौंडा । नेपाली बजारमा बिहिबार सुनको मुल्य ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*