आफ्नो इयरबड्स वा एयरपड्स समय समयमा सफा गर्नुहोस नत्र हुनसक्छ स्वास्थ्यमा यस्ता खतरा

हेटौंडा टुडे
२६ फाल्गुन २०८१, सोमबार १५:५३

आधुनिक प्रविधि ले धेरै चिजहरुको बिकास गराएको छ। त्यसैगरी वायरलेस प्रविधिको युगमा एप्पलको एयरपड्स वा इयरबड्स सङ्गीत र पडकास्ट सुन्नेहरूका लागि मुख्य रोजाइको प्रडक्ट हो । चार्ज टिक्ने अनि हेर्दा पनि आकर्षक देखिने भएकाले पनि यस्ता उत्पादनको माग बढ्दो छ । तर पर्दा पछाडि यी साना प्राविधिक उत्पादन ब्याक्टेरिया, इयरवाक्स र फोहोरको आश्रयस्थल हुन सक्छन् ।

यसले गर्दा तपाईँको स्वास्थ्यमा खतरा निम्तिन सक्छ । दिनहुँ प्रयोग गरिने एक्सेसरिज भए पनि एयरपड्स वा इयरबड्सको सरसफाइलाइ हामीहरु बेवास्ता गर्छौ । सफा एयरपड वा इयरबड केवल देखावटी मात्र नभई स्वास्थ्यका लागि पनि आवश्यक छ भन्ने कुरा जान्नु आवश्यक छ ।तपाईँको इयरबड्समा जम्मा हुने कानेगुजी र फोहरलाई बेवास्ता गर्न सजिलो छ । तर वास्तविकता डरलाग्दो छ । ‘हाउ स्टफ वर्क्स’को हालैको गाइड अनुसार इयरबड्समा कानेगुजी, फोहोर र चिल्लो पदार्थ छिट्टै जम्मा हुन सक्छ । यसलाई जाँच वा सफा गरिएन भने कानमा सङ्क्रमण हुन सक्छ । विभिन्न अध्ययन अनुसार भान्छाको कटिङ बोर्डको तुलनामा इयरबड्सले बढी ब्याक्टेरिया जम्मा गर्न सक्छ । त्यसैले इयरबड्स लामो समयसम्म टिकाउनका लागि मात्र नभई तपाईँको स्वास्थ्यका लागि पनि सफा राख्नु महत्त्वपूर्ण छ ।

सुरक्षित रूपमा सफा गर्ने आफ्नो इयरबड्स निम्न छन,

सबैभन्दा पहिला यस्ता सामग्री जम्मा गर्नुहोस् जस्तै:एउटा सुक्खा कपासको स्वाव ,नरम, रौँ नआउने कपडा

स्पिकरको जाली सफा गर्ने तरीका: 

सुक्खा कपासको स्वाब प्रयोग गरेर स्पिकरको जाली र माइक्रोफोन सफा गर्नुहोस् । एप्पलले कमजोर जालीलाई प्वाल पार्नबाट रोक्नको लागि सुई वा टुथपिक जस्ता धारिलो वस्तुहरू प्रयोग नगर्न सुझाव दिएको छ ।

सतह पुछ्ने: 

नरम, रौँ नआउने कपडा प्रयोग गरेर इयरबड्समा भएको धुलो र फोहोर सफा गर्नुहोस् । गाढा दाग छ भने कपडालाई पानीले भिजाउनुहोस् र दूषित भएको ठाउँ राम्रोसँग पुछ्नुहोस् । इयरबड्सलाई फेरि केसमा राख्नु अघि राम्ररी सुक्खा बनाउनुहोस् ।

इयरबड्स सफा गर्दा के नगर्ने ?

१) पानीमा नडुबाउनुहोस्: 

एकैछिन डुबाउँदा पनि स्पिकरहरूमा क्षति पुग्न सक्छ । त्यसैले पानीमा नडुबाउनुहोस् ।

२) धारिलो वस्तु प्रयोग नगर्नुहोस्: 

जतिसुकै मन लागे पनि स्पिकरको जाली सफा गर्न सुई वा पिनको प्रयोग नगर्नुहोस् ।

कति पटक सफा गर्ने इयरबड्स ?
यदि तपाईँले आफ्नो इयरबड्स दैनिक प्रयोग गर्नुहुन्छ भने हप्तामा कम्तीमा एक पटक सफा गर्नुपर्ने हुन्छ । कनेक्टरमा फोहोर जम्मा हुन नदिन चार्जिङ केसलाई प्रत्येक दिन केस पुछ्दा उपयुक्त हुन्छ ।

बेवास्ता गर्दा हुने परिणामहरू
आफ्नो एयरबड्स सफा गर्न बेवास्ता गर्दा सङ्क्रमणको जोखिम हुन्छ र यसले अपूरणीय क्षति निम्त्याउन सक्छ । समय बित्दै जाँदा फोहोर जम्मा भएर स्पिकर बन्द हुन सक्छन् र आवाजको गुणस्तरमा कमी आउन सक्छ । यसले गर्दा तपाईँले इयरबड नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । नियमित सरसफाइ गर्दा तपाईँले वेयरेबल डिभाइसमा गरेको लगानी सुरक्षित हुन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*