हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवाको शुभारम्भ

हेटौंडा टुडे
२७ फाल्गुन २०८१, मंगलवार १४:२०

हेटौंडा ।मकवानपुरको हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । सेवा सुभारम्भ भएसँगै मुटु रोगि बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् ।बामगती प्रदेशमा सञ्चालित १३ प्रादेशिक अस्पतालमध्ये मकवानपुरको हेटौंडा अस्पतालमा पहिलो पटक यो सेवा सुरु भएको हो ।

तत्कालका लागि बहिरङ्ग सेवा मार्फत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालिने उनले बताए ।

विगत १ वर्ष देखि मुटु रोग विशेषज्ञको अभाव हुँदा अस्पतालमा यो सेवा रोकिएको थियो । टिचिङ अस्पतालमा अध्यनरत मुटुरोग विशेषज्ञ डाक्टर बिकेश श्रेष्ठ अस्पतालमा हाजिरी भएपछि अस्पतालले सेवा सुरु गरेको हो ।अस्पतालबाट अब बिरामीहरुले मुटुरोग सम्बन्धी ओपिडि, इको, इसिजि, टिएमटी, हल्टर, एबोजी लगायतका परीक्षण सेवाहरु प्राप्त गर्नेछन् । त्यस्तै मुटुसम्बन्धी माइनर अपरेशनहरु गर्न भने जिल्ला बाहिर जानुपर्ने छ ।

अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको शुभारम्भ गर्दै प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्य सेवालाई सहज र गुणस्तर बनाउन सरकारले लगानी बढाएको बताएका छन् । प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको र त्यसमा सरकार सधैं प्रयत्नशील रहने उनको भनाई छ । लामाले हेटौंडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले सघाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
साथै स्वास्थ्य सेवालाई राजनीतिकरण गर्न बन्द गर्नुपर्ने मुख्यमन्त्री लामाले आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले कार्यक्रममा बोल्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंले अस्पतालबाट तत्काल मुटु रोग सम्बन्धी ओपिडी सेवा सञ्चालन गरिने र माइनर अपेरेशनहरु गर्न भने बाहिरी जिल्ला जानु पर्ने बताए ।

‘२ चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवा सहित सर्जरी लगायतका सेवा विस्तार गर्ने योजना रहेको छ । अस्पतालमा निर्माणाधीन नयाँ भवन प्राप्त भयसँगै आगामी आर्थिक वर्षमा मुटु रोग सम्बन्धी सर्जरीका लागि आवश्यक उपकरण थप गरी सेवा अघि बढाउने तयारी अस्पतालको छ ।’ उनले भनेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*