चुरियामाई नजिकै बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भिर घाइते

हेटौंडा टुडे
२०८१ फाल्गुन २८, बुधबार १०:४० गते

हेटौंडा। मकवानपुर र बाराको सिमानामा चुरियामाई मन्दिर नजिकै बसले स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएको जनाइएको छ। बाराको जीतपुरसिमरा वडा नम्बर २१ तर्फको भागमा  हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ४०७३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश   ०३ ००५ प ९२२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ । घाइते चालकको पहिचान खुल्न बाँकी रहेको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*