माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, ४ जना घाइते

हेटौंडा टुडे
२८ फाल्गुन २०८१, बुधबार १२:४२

घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर हुम्लामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएको हुम्लाका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् । उनीहरु सबैको उमेर २८ वर्ष रहेको सुवेदीले बताए ।

घाइतेहरुको उपचार स्थानीय स्वास्थ्यचौकीमा भइरहेको र अवस्था गम्भिर भएकाले जिल्ला अस्पताल लैजाने कि अन्त लैजाने भन्ने विषयमा छलफल भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*