प्राधिकरणबाट कुलमान घिसिङ बर्खास्त

हेटौंडा टुडे
२०८१ चैत्र १२, मंगलवार १०:३९ गते

हेटौंडा। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। उनलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।
२०७८ साउन २५ गतेको तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त  गरेको थियो। उनको  दोस्रो ४ वर्षीय कार्यकालका आगामी २०८२  साउन २४ गते सक्किदै छ। पछिल्लो समय उर्जा मन्त्री दीपक खड्का सहित प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कार्य प्रति असन्तुष्टि प्रकट गर्दै स्पष्टिकरण सोधेका थिए। कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर देखाइएको थियो।घिसिङले सोमबार मात्रै मकवानपुरको राक्सिराङ पुगेर राक्सिराङलाई उज्यालो राक्सिराङ घोषणा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*