बुधबार घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८१ चैत्र २०, बुधबार ११:१७ गते

हेटौंडा। नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*