आजदेखि बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हेटौंडा टुडे
२०८१ चैत्र २६, मंगलवार १६:०५ गते

हेटौंडा । बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ।  बुधबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।  बुधबार कोशी प्रदेशको पहाडी तथा तराईका क्षेत्रहरू, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भएको छ। बुधबार देशभर पानी पर्ने सम्भावना रहेको र विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशका साथै अन्य क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*