वैदेशिक रोजगारीमा भएका तथा फर्केका लागि निःशुल्क ओपीडी क्लिनिक सुरु गर्ने

हेटौंडा टुडे
१२ बैशाख २०८२, शुक्रबार १२:४७

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएका छन् उहा बाट केन्द्रको १३ औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका बीच समुद्घाटन गरिएकाे हाे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नेपाली दाजु भाई तथा दिदि वहिनीको स्वास्थ्य नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरेको हो । वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सञ्चालन भएको जानकारी गराए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल भई आउनेको संख्या बढी भएकोले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरिर बचाउनको लागि श्रम मन्त्रालयसँग सहकार्य गरी सेवा उपलब्ध गराउन लागिएको हुँदा विदेश जान लाग्नु भएका, वैदेशिक रोजगारमा रहेका र बैदेशिक रोजगारबाट फर्केकाहरुले यो सेवा लिई लाभान्वित हुन आह्वान गरे ।

यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ । साथै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*