मकवानपुरमा औलो रोगको जोखिम कायमै

हेटौंडा टुडे
२०८२ बैशाख १२, शुक्रबार १६:१२ गते

हेटौँडा ।  विश्व औलो दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय मकवानपुरले शुक्रवार हेटौँडामा प्रस्तुत गरेको तथ्याङ्कले औलो रोगको जोखिम कायमै रहेको देखिएको छ । नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखेपनि औलो रोगको जोखिम कायमै रहेको छ । आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्क अनुसार बागमती प्रदेशमा एक लाख २६ हजार ६८ जनाको रक्त नमुना परीक्षण गरिएकोमा ९१ जना औलो रोगका बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन । उहाँका अनुसार आयातित ९० जना र स्थानीय एक जनामा औलोको सङ्क्रमण देखिएको हो ।त्यसैगरी चालु आवको चैत अन्तिम सातासम्म ५ जनामा कालाजार पुष्टि भएको हो ।

औलो एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्दछ । काम ज्वरो औलोको मुख्य लक्षण हो । परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई औलोको जाँच गराउनु पर्दछ । बर्षायामको समय सुरु भए पछि यस्को संक्रमण पनि धेरै देखिन थाल्दछ। नेपाल सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थाहरूमा औलोको जाँच तथा उपचार निःशुल्क हुने जानकारी दिँदै ज्वरो आएका बेला औँलो रोगको पनि परीक्षण गराउन सकिन्छ ।

भारत तथा अन्य मुलुक, जहाँ कडा खाले औलो हुन्छ, त्यस क्षेत्रबाट फर्केपछि रगत जँचाएर औषधी खानु पर्दछ । घर वरिपरि पानी जम्न नदिने, पानी जम्ने खाडल पुर्ने, झुल लगाएर सुत्ने, घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। घर वरिपरिको वातावरण सफा राख्न सके औलोबाट धेरै हदसम्म बच्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*