बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८२ बैशाख २३, मंगलवार १२:१४ गते

हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी  दिएकी हुन। । सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख २४ गते बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*