हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। कालोपत्रे कार्यलाई तिव्रता दिने उद्देश्यले सडकखण्डमा सवारी आवागमन रोकिएको हो। स्थानीयस्तरमा वर्षायाम सुरु हुनुअघि सडक सुधार गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ। प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ।

सेयर गर्नुहोस्


















