मनसुन सुरु हुनु अगावै सडक मर्मत संभार र स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

हेटौंडा टुडे
२०८२ जेष्ठ १, बिहीबार १४:२५ गते

हेटौंडा । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन्। बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले विपदकाे पूर्वतयारी गर्न माग गरेकि छिन । अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन्।

काँग्रेसका सचेतक एवं सांसद श्यामकुमार घिमिरेले बजेटको समय आएको भन्दै सिँचाइ र तटबन्धको क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरेका छन्। काँग्रेसका अर्का सांसद शान्ति विकले धर्म निरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गिरन्। सबैको आस्थाप्रति समान व्यवहार गर्न उनले सरकार र सबै दलको ध्यानाकर्षण गराएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताए। उनले पोखरा महानगरपालिकाभित्र फोहर उठाउने गाडीले लाचुक क्षेत्रको फोहर नउठाएको, मर्दी खोलामा फोहर फालेको भन्ने विषयमा पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

रास्वपाकै अर्का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वल्र्ड एक्स्पो २०२५’ मा विश्वका एक सय ६० भन्दाबढी राष्ट्रले आ-आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताए। उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*