हेटौंडा । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौंं जिल्ला अदालतले प्रहरीलाई थप ४ दिनको अनुमति दिएको हो । गत चैत १५ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रसाईं जनकमाण्डर तोकिएका थिए । तर, उनी त्यही दिन फरार रहेपछि भारतबाट पक्राउ गरेर ल्याइएको थियो । उनीमाथि पटकपटक म्याद थपेर अनुसन्धान भइरहेको छ । यसपटक अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको हो ।
सेयर गर्नुहोस्


















