हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले अद्यावधिक गरेको तथ्यांकअनुसार मार्खुमा पछिल्लो ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा भएको हो।
पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशभर पछिल्लो २४ घन्टामा तनहुको बन्दीपुरमा ९६ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँकै विमलनगरमा ८३.८ त्यस्तै सिन्धुपाल्चोकको मानेखर्कमा ७७, काठमाडौंको कीर्तिपुरमा ४५, कास्की लामापाटमा ४०.८, लमजुङको कुञ्चामा ५३, गोरखाको बारपाकमा ६१.६, गोरखाकै आरूघाटमा ७२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सेयर गर्नुहोस्


















