राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ

हेटौंडा टुडे
२०८२ जेष्ठ ७, बुधबार ११:४३ गते

हेटौंडा। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। जसलगत्तै आज बुधाबार उनले शपथ लिएका हुन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा पौडेललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । करिब २ महिना लामो अन्योल र छटपटीबीच सरकारले गभर्नर नियुक्त गरेको हो। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*