गभर्नर पौडेलको पहिलो निर्णय : ५ सय र १ हजारको नयाँ नोट छाप्ने

हेटौंडा टुडे
२०८२ जेष्ठ ७, बुधबार १२:५८ गते

हेटौंडा । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आजै शपथ लिएका उनले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नरको कार्यभार सम्हालेका हुन्। कार्यभार सुरु गरेका उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन। सो क्रममा मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय हुने बताउँदै उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले सघाउने प्रतिबद्धता जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*