यी हुन् गाजर खानुका ८ फाइदा

हेटौंडा टुडे
२०८२ जेष्ठ ९, शुक्रबार १२:४० गते

हेटौंडा । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ ।  खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ ।  गाजर एक मात्र नभएर धेरै गुणहरूले भरिपूर्ण छ र यसले शरीरलाई धेरै फाइदा पनि दिन्छ। गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ । नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ । गाजर नियमित खानुका फाइदा यी हुन्:

राम्रो पाचन स्वास्थ्य- गाजरले पेटलाई पनि फाइदा पुर्‍याउँछ । गाजरमा उच्च फाइबर पाइन्छ जसले आन्द्राको चालमा सुधार गर्छ र कब्जियतको समस्यालाई टाढा राख्छ।

आँखाको स्वास्थ्य- गाजरमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, यसमा बिटा क्यारोटिन, ल्युटिन र जेक्सान्थिन पनि पाइन्छ। यी एन्टिअक्सिडेन्टहरूले अक्सिडेटिभ तनावलाई पनि कम गर्छ। गाजर दैनिक खाँदा राता अन्धोपनको समस्या हुँदैन ।

स्वस्थ्य छाला- गाजरले छालाको स्वास्थ्यमा सुधार ल्याउने प्रभाव पनि राख्छ। गाजरले छालालाई हाइड्रेटेड राख्छ र कोलाजेन उत्पादनमा मद्दत गर्छ।

मस्तिष्कलाई फाइदा- मस्तिष्कको कार्य क्षमता सुधार गर्न गाजर खान सक्नुहुन्छ। गाजर पनि भिटामिन के को राम्रो स्रोत हो जसले मस्तिष्कको स्वास्थ्यलाई राम्रो राख्छ।

मुटुको स्वास्थ्य – गाजरले मुटुलाई पनि फाइदा गर्छ । गाजरमा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई स्वस्थ राख्छ।

शरीर डिटोक्स – शरीरबाट फोहोर टक्सिन बाहिर निकाल्न गाजर खान सकिन्छ । गाजर खाँदा शरीर डिटक्स हुन्छ ।

तौल व्यवस्थापन – उच्च फाइबरयुक्त खाना भएकाले गाजर खाँदा लामो समयसम्म पेट भरिपूर्ण रहन्छ । यस्तो अवस्थामा गाजरले तौल नियन्त्रणमा मद्दत गर्छ ।

मुख स्वास्थ्य – गाजरले मुखको स्वास्थ्यमा पनि सुधार गर्ने काम गर्छ । यसको सेवनले ब्याक्टेरिया हटाउन प्रभावकारी हुने रयाल बढ्छ। यसले दाँतसम्बन्धी समस्या पनि कम गर्छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*