हेटौंडा । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अहिले यो समयमा प्राय सबै ठाउँका खेत वा बारीहरुमा मकै रोप्ने सिजन हो । कति पयका उम्रिसकेका पनि छन । तर फौजि किरा यति धेरै व्यापक हुन थालेको छ कि उम्रने बित्तिकै बोटहरु सखाव बनाइदिन्छ। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसानहरु धरै चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीयहरु बताउछन। किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या देखिन्छ। मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको भनाइ छ। यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिन थालिसकेको छ । स्थानीयहरु बताउछन। “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।”
मकवानपुरको मकैबालीहरुमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ । उम्रने बित्तिकै किटनासक औसधी हाल्नु पर्ने स्थिति आएको छ । २ वा ३ पटक हालेर पनि किराहरुको नास नभएको किसानहरु गुनासो गर्छन। किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग चाहिएको किसानहरु बताउछन।


















