धेरै लिची खाँदा हुन सक्छ स्वास्थ्यमा हानि, यस्ता छन् सावधानी अपनाउनुपर्ने कुराहरू

हेटौंडा टुडे
२०८२ जेष्ठ ११, आईतवार १४:१३ गते

हेटौंडा । लिचीको स्वाद निकै मिठो हुन्छ ।  त्यसैले सबै उमेरका मानिसहरू लिची खाना मन पराउँछन् । उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिचीमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ ।

लिची खाँदा धेरै फाइदा भए पनि यसका धेरै बेफाइदा पनि छन् । स्वादका कारण लिची बढी खाने गरेको पाइएको छ तर यसले हानी पनि गर्न सक्छ भन्ने कुरा ख्याल गर्नु पर्छ । त्यसैले यो खाने बेलामा उनीहरुले एकै पटक कति लिची खाने भन्ने जान्न जरूरी छ।

लिचीमा करिब ८२ प्रतिशत पानी हुन्छ, जसका कारण यसले डिहाइड्रेसनको समस्या कम गर्छ तर पनि लिचीलाई सधैं पानीमा भिजाएर खानुपर्छ । अन्यथा तपाईको स्वास्थ्यमा हानि हुन सक्छ। यसलाई धेरै मात्रामा खाँदा हानिकारक हुन सक्छ।

मोटोपना बढ्ने
लिचीमा फाइबर र सोडियम जस्ता धेरै पोषक तत्वहरू पाइने भएता पनि यसमा चिनीको मात्रा उच्च हुन्छ, जसका कारण बढी मात्रामा खाँदा पेटको बोसो बढ्छ र मोटोपनाको कारण बन्छ ।

एलर्जीवालाले नखाने
यदि तपाईलाई पहिल्यै एलर्जी छ भने लिची नखानुहोस् किनकी यस्तो अवस्थामा लिची खाँदा छालामा दाग र चिलाउने सम्भावना हुन्छ । लिची खाए पछि छालामा अलिकति पनि परिवर्तन देखिएमा तत्काल उपचार गर्नु पर्छ र खानु अघि विज्ञको राय लिनुपर्ने विज्ञहरू बताउँछन् ।

कम रक्तचापवालाले धेरै नखाने
लो ब्लड प्रेसरको बिरामीले लिची खानु हुँदैन। विज्ञको सल्लाहमा यस्ता व्यक्तिले दिनमा ४–५ वटा मात्र लिची खानु ठिक हुन्छ। बढी लिची खाँदा रक्तचाप कम हुन्छ ।

पाचन प्रणाली बिग्रन सक्ने
लिचीका धेरै फाइदाहरू भए पनि धेरै लिची खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। धेरै मात्रामा लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता पेट सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पाचन प्रणालीलाई कमजोर बनाउँछ।

पानीमा भिजाएर मात्रै सेवन गर्नु उत्तम

लिचीमा करिब ८२ प्रतिशत पानी हुँदाहुँदै पनि यसलाई सिधै नखाई २–३ घण्टा पानीमा भिजाएर मात्र सेवन गर्नुपर्छ। यसरी खाँदा लिचीको तातो प्रभाव कम हुन्छ।

दैनिक सीमा

विशेषज्ञहरूको अनुसार एक दिनमा १०–१२ वटा भन्दा बढी लिची खानु हुँदैन। त्यसैले स्वादिलो भए पनि लिची सावधानीपूर्वक र सन्तुलित मात्रामा खानु स्वास्थ्यका लागि हितकारी हुन्छ। विशेष गरी बालबालिकालाई लिची अत्यधिक नखुवाउन अभिभावकले ध्यान दिनुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*