सर्वोच्चले सच्यायो लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि

हेटौंडा टुडे
२०८२ जेष्ठ ११, आईतवार १५:४३ गते

हेटौंडा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ । शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो ।

आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।आदेशको शिर खण्ड ‘क’ चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*