प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति गगन थापा : आइन्दा त्यस्ता कुराहरू नदोहोरियोस्

हेटौंडा टुडे
२०८२ जेष्ठ १२, सोमबार १३:०० गते

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण समेत गराए।

‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन,’ थापाले भने, ‘त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो।त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस्।’ प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*