अदालतमा सुरु भयो दुर्गा प्रसाईंको बयान

हेटौंडा टुडे
२०८२ जेष्ठ १२, सोमबार १४:५१ गते

हेटौंडा । काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो । सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ । जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*