हेटौंडा । राजावादीहरूले बिहीबारदेखि थालेको नयाँ चरणको आन्दोलन अब अनिश्चितकालका लागि दैनिक हुने भएको छ । आन्दोलनलाई निरन्तरता दिने क्रममा आज रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन मध्यान्ह १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए । यता दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भएको छ । प्रसाईं समूहले छुट्टै प्रदर्शन गर्ने भएको छ ।
उक्त समूहले शुक्रबारबाट माइतीघर केन्द्रित आन्दोलन हुने जनाएको छ।
सेयर गर्नुहोस्


















