मकवानपुरको बकैयामा बिच्छिले टोकेर बालिकाको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ १६, शुक्रबार ११:५४ गते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ७ मैनाटारमा बिच्छिले तोकेर ८ बर्षकि बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । जेठ १४ गते साँझ बकैया गाउँपालिका ७ मैनाटार बस्ने बिर बहादुर वाईवाको छोरी वर्ष ८ कि अस्मिता वाईवाको आफ्नै घरमा नुहाउने क्रममा बिच्छिले कम्मरको बाया भागमा टोकेको थियो । बिच्छिले टोकेर घाइते भएकी अस्मितालाई स्थानीय स्तरमा घरेलु उपचार गरेकोमा जेठ १५ गते स्वास प्रस्वासमा समस्या आए पछी उपचारको लागि हेटौंडा अस्पताल लागिएको थियो ।

गम्भीर अवस्थामा हेटौंडा अस्पताल ल्याई उपचार गर्ने क्रममा १५ गते राति उपचारको क्रममा हेटौंडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरी स्रोतले बताएको हो । बिच्छीले टोकेर मृत्यु भएकी ८ बर्षीय बालिका अस्मिता वाईवाको शव हेटौंडा अस्पतालमै राखिएको बताएका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*