गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिने भएको छ । भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मचछिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याई मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गर्ने तयारी भइरहेको छ । त्यसका साथै वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् । १० वर्षपछि मछिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना हुन लागेकोमा स्थानीयहरू खुसीसमेत देखिएका छन् ।


















