आजदेखि देशभर यातायात बन्दको घोषणा

हेटौंडा टुडे
२०८२ जेष्ठ १९, सोमबार १२:२७ गते

हेटौंडा । यातायात व्यवसायीहरूले आजदेखि देशभर यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर यातायात बन्दको घोषणा गरेको हो । समितिले व्यवसायीलाई आफ्ना सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गर्न आह्वान गरेको छ ।
समितिले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*