कान्ति लोकपथ ४ दिनका लागि बन्द

हेटौंडा टुडे
२०८२ जेष्ठ २०, मंगलवार १०:५५ गते

हेटौंडा । काठमाण्डौँ आउजाउ गर्ने छोटो दुरीको कान्ति लोकपथ सडक  ४ दिनका लागि बन्द गरिएको छ। लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने प्रशासनको सूचनामा जनाइएको छ । सो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएका छन। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखानी -कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न सकिने सूचनामार्फत जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*