हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्


















