१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध

हेटौंडा टुडे
२०८२ जेष्ठ २२, बिहीबार ११:५५ गते

हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा कारणले गर्दा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिमको कारण देखाउँदै ति १२ देशका नागरिकलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने र अन्य सात देशका नागरिकलाई प्रवेशमा उच्च कडाइ गर्ने घोषणा जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका यात्राका लागि प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यान्मार, चाद, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, लिभिया, सोमालिया, सुडान र यमन रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

यसबाहेक सात देश अरु पनि छन् जहाँका नागरिकमा आंशिक रुपमा यात्राका लागि प्रतिबन्ध लगाइएको छ । आंशिक प्रतबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

‘खतरनाक विदेशी तत्व’बाट अमेरिकालाई बचाउन यो प्रतिबन्ध लगाइएको अमेरिकाले जनाउको छ । यि १९ देशहरुमाथिको यात्रा प्रतिबन्ध र कडाइ आगामी सोमबार लागु हुनेछ । यसबारे ह्वाइट हाउसले पनि एक्समा ट्रम्पको भनाइ जारी गरेको छ ।

यो प्रतिबन्ध यही जुन ९ देखि लागू हुनेछ । ट्रम्पका तर्फबाट यस्तो घोषणा भएको यो दोस्रो पटक हो । यसअघि आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१७ मा यस्तै प्रकारको आदेशमा हस्ताक्षर गरेका थिए ।

‘हालै कोलोराडोमाथिको आतंकवादी हमलाको घटनापछि राम्ररी सुरक्षा जाँच नगरेर तथा अस्थायी भिसा पाएकाहरु गैरकानुनी रुपमा लामो समय बस्ने विदेशी नागरिकहरुको प्रवेशले अमेरिकामा उच्च सुरक्षा जोखिम देखिएको छ, त्यो हामी चाहदैनौं,’ ट्रम्पले ह्वाइट हाउसले एक्समा जारी गरेको भिडियोमा भनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*