नेप्सेमा गिरावट कायमै, बिहीबार मात्रै ५.४९ अंकले घट्यो बजार

हेटौंडा टुडे
२०८२ जेष्ठ २२, बिहीबार १६:११ गते

हेटौंडा । सेयर बजार लगातार तेस्रो दिन पनि ओरालो लागेको छ। पछिल्लो समय केही नीतिगत सुधारले आशा जगाए पनि बजारको कारोबार रकम र नेप्से सूचकमा उल्लेखनीय सुधार देखिएको छैन। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  ५.४९ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ।आज बजारमा कुल ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनी र पियोर इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*