मिस नेपाल २०२५ को आवेदन खुला

हेटौंडा टुडे
२०८२ जेष्ठ २३, शुक्रबार १२:३५ गते

हेटौंडा । मिस नेपाल २०२५ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले विहिबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । मापदण्ड पुगेका इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगी ५ फिट ३ इन्च उचाइको, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएको, नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने सर्त छन् ।

‘आजैदेखि आवेदन खुलेको छ र मापदण्ड पुगेका इच्छुक प्रतियोगीले आवेदन दिन सक्नुहुन्छ’ द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने, ‘हामीलाई आवेदन कहिले खुल्छ भनेर प्रशस्तै फोनहरू आइरहेको थियो ।’

साउन अन्तिमतिर फिनाले आयोजना हुनेछ । काठमाडौं, पोखरासहितका मुख्य सहरमा अडिसन समेत आयोजना हुनेछ । द हिडन ट्रेजरले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*