शरीरलाई किन चाहिन्छ भिटामिन सी ? यी हुन कारणहरु

हेटौंडा टुडे
२०८२ जेष्ठ २३, शुक्रबार १३:४७ गते

हेटौंडा । शरीरलाई स्वस्थ र स्फूर्त राख्नको लागि धेरै पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन ‘सी’ पनि शरीरलाई चाहिने अत्यावश्यक पोषक तत्वमध्ये एक हो। आहारबाटै भिटामिन सी पूर्ति गर्नु पर्ने भएकाले कहिले काँही बिग्रदो खानपान शैलीले यसको कमी हुनसक्छ ।
भिटामिन सी पानीमा घुलनशील हुन्छ । हाम्रो अंगको आकार बढाउन, रक्त वाहिकालाई बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सी आवश्यक हुन्छ । उच्च कोलोस्टोर, उच्च रक्तचाप नियन्त्रणमा भिटामिन सिले सहयोगी भूमिका खेल्छ । यो छाला, हड्डीको विकासको लागि पनि आवश्यक हुन्छ । शरीरमा भिटामिन सीको कमीले विभिन्न दुष्प्रभाव देखिन्छन् । भिटामिन सी कमी भएको लक्षणबाट पत्ता लगाएर समयमै यसको पूर्ति गर्नु पर्छ । 

भिटामिन सी कमी हुने कारणहरु 

  • मदिरा सेवन गर्दा
  • चिया र पाउरोटी खाने बानीले 
  • गरीबीको कारण (फलफूल तथा सागपात किनेर खान नसक्दा)
  • धुम्रपान गर्ने
  • पाचनसम्बन्धी समस्या भए
  • आइरनको कमीले 
  • केही खानेकुराबाट एलर्जी हुँदा पनि भिटामिन सी को कमी हुनसक्छ ।  

भिटामिन सीको कमी भयो भने निम्न लक्षणहरु देखिन्छन्ः

    • गिजामा रगत देखिनु
    • संक्रमणसँग लड्ने क्षमता कम हुनु
    • नाकबाट रगत आउनु
    • सुख्खा छाला हुनु
    • दाँतको बाहिरी पत्र कमजोर हुन्छ 
    • छाला अत्यधिक पातलो हुनाले हल्का चोट लाग्दा पनि रगत बग्ने वा गहिरो घाउ बस्ने 
    • भिटामिन सी को कमीले कपाल पनि रुखो र दुईमुखे हुन्छ ।

भिटामिन सीका कार्यहरू

–    दाँत र हाडको विकासमा सहयोग गर्दछ।
–    घाउ निको हुने प्रक्रियामा सहयोग गर्दछ।
–    रगत जम्ने प्रक्रियाका लागि आवश्यक हुन्छ।
–    खानामा रहेको फलाम तत्त्वलाई आन्द्राबाट शोषण गर्ने काममा सहयोग गर्दछ।
–    दाँत र गिजालाई स्वस्थ राख्छ।
–    छालालाई नरम र स्वस्थ राख्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*