भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ २६, सोमबार १२:०४ गते

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यू भएको छ भने बितेका २ हप्तामा २३ गुणा बढि संक्रमित थपिएका छन।

शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्। स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।

हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। स्वास्थ्य मन्त्रालयको वेवसाइटमा उपलब्ध तथ्याकं अनुसार कोरोनाबाट सबै भन्दा बढि प्रभावित राज्य केरेला हो। केरेला पछि गुजरात, पञ्चिम बंगाल र दिल्लमा थप कोरोनाका नयाँ केसहरु रिपार्ट गरीएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*