७२ जिल्लामा फैलियो डेंगु

हेटौंडा टुडे
२०८२ जेष्ठ २६, सोमबार १६:५७ गते

हेटौंडा । मनसुन लागेसँगै डेंगु संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगु संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

सबैभन्दा धेरै संक्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ। काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन्।  ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका अनुसार डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिन्छ भनेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*