वैशाख महिनामा १३ खर्ब ५६ अर्ब रेमिट्यान्स भित्रियो

हेटौंडा टुडे
२०८२ जेष्ठ २७, मंगलवार १२:३४ गते

हेटौंडा। चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह (रेमिट्यान्स) एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। उक्त वैशाख मसान्तसम्मको तुलनामा यो वर्षको १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ। पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो। र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*