हेटौंडा। हेटौंडामा अत्याधिक गर्मी बढ्दै गएको छ । लगातार बढ्दै गएको तापक्रमले हेटौंडाको जनजीवन प्रभावित बनेको छ । वैशाख सुरू भए सगैं तापक्रम निकै बढेकाले यो वर्ष गर्मी धेरै हुन सक्ने अनुमान गरिएको छ। विगत केहिदिन यता दिउँसोको तापक्रम ३५ देखि ३७ डिग्रीसम्म पुग्न थालेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । उच्च तापक्रमकै कारण हेटौंडामा बिरामी हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
गर्मी बढेसँगै जिल्लाको हेटौंडा अस्पतालमा बिरामीको संख्या बढेको छ । गर्मी धेरै भएका कारण बान्ता आउने, पखाला चल्ने,रिगटा लाग्ने, खाना खान मन नलाग्ने र अन्यसमस्या देखिन थालेका छन। त्यसका साथै निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ। गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको देखिन्छ।
अत्याधिक गर्मीका कारण सुगर, प्रेसर जस्ता स्वास्थ्य समस्या भएकालाईसमेत असर गर्ने भएकाले खानपानमा ध्यान दिन र प्रसस्त मात्रामा पानि पिउनु पर्ने चिकित्सकले सुझाव दिएका छन।


















