अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

हेटौंडा टुडे
२०८२ जेष्ठ २९, बिहीबार १५:२० गते

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो।

प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र आपत्कालीन सेवाका कयौँ टोलीहरू विमानस्थलतर्फ पठाइएको छ।

घटनास्थलमा धुवाँको कालो मुस्लो देखिएको छ भने उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी र उद्धार टोलीहरूले घटनाको थप विवरण संकलन गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*